प्रेस युनियनमा संस्थापन इतरकै वर्चश्व, शिव लम्साल अध्यक्ष निर्वाचित (मत परिणामसहित)

Nepal press union new teem

हेटौडा । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको संस्थापन इतर अध्यक्ष शिव लम्साल विजयी भएका छन् ।

कांग्रेस नेताद्वय शेखर कोइराला र गगन थापा समूहका लम्साल ७४५ मत ल्याएर विजयी भएका हुन् । लम्साल कांग्रेसको शेखर–गगन समूहबाट उम्मेदवार बनेका थिए। पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि उक्त समूहकै बाहुल्यता छ ।

लम्सालका निकटतम प्रतिद्वन्द्वी संस्थापन पक्षकी अनिता बिन्दुले ६१२ मत ल्याएकी छन् । त्यस्तै संगठनको वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् । उनले ६८५ मत ल्याएका छन् ।

केसीका निकटतम प्रतिद्वन्द्वी सरोज अधिकारीले ६६५ मत ल्याएका छन् । युनियनको महासचिवमा लम्साल प्यानलकै दिलीप पौडेल निर्वाचित भएका छन् । पौडेल ८७८ मत ल्याएर विजयी भएका हुन् ।

 


 

 

प्रतिकृया दिनुहोस