अछामको तुर्माखाँदमा पहिरोमा पुरिँदा एकै घरका ३ जनाको मृत्यु, १ जना घाइते

Bhulu accham pahiro

अछाम । अछामको तुर्माखाँद–२ भुलुमा आइतबार राति पहिरोमा पुरिँदा एकै घरका ३ जनाको मृत्यु भएको छ । एक जनाको भने जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

आइतबार राति १ बजे अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजु ४५ वर्षीया हरिकला विष्ट, भाइ विरेन्द्र विष्ट र भतिज १५ वर्षीय संविधान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी नारायण डाँगीले बताए ।

अमरकी ६५ वर्षीया आमा नैना विष्टको भने जिवितै उद्धार गरिएको र प्राथमिक उपचारपछि उनी सामान्य अवस्था छ । पहिरोमा पुरिएर ५–६ वटा चौपाया पनि मरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...