चट्याङले हुम्लामा ५० बाख्रा मरे

Chatyang 6

हुम्ला । जिल्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकामा ५० भन्दा बढी बाख्रा मरेका छन् ।

सर्केगाड– २ का रिपको खानी भन्ने स्थानको खर्कमा लगेका वेला चट्याङ लागेर दुई जनाका ५० बढी बाख्रा मरेका हुन् । खर्कमा अचानक परेको चट्याङमा परी स्थानीय छक्का कार्की र लुड्प्या महताराका ५० बढी बाख्रा तथा दुई गाईगोरु मरेका छन् ।

वडाध्यक्ष सिद्ध कार्कीका अनुसार चट्याङले छक्का कार्की पनि सामान्य घाइते भएका थिए । उनको अवस्था सामान्य हुँदै गएको छ । चट्याङ परेको स्थान गाउँबाट टाढा भएकाले क्षतिको विस्तृत विवरण नआएको वडाध्यक्ष कार्कीले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...