अर्थमन्त्री प्रकरण : संसदीय छानबिन विशेष समितिको म्याद ७ दिन थप

Janardan sharma

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थप भएको छ ।

सभामुख अग्‍निप्रसाद सापकोटाले समितिको माग अनुसार सात दिन थप गर्ने प्रस्ताव बिहीबार संसदमा प्रस्तुत गरेका थिए । सो प्रस्ताव संसद‍्ले अनुमोदन गरेको हो । समितिको १० दिनको समयसीमा आज सकिएको छ ।

तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका दरमा हेरफेर गरेको विषयमा अनुसन्धान गर्न संसदीय छानबिन विशेष समिति गठन गरिएको थियो । छानबिनका काम बाँकी रहेकाले आवश्यक समय थप गरिएको हो।

आर्थिक वर्ष २०७९(८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो ।

समितिले पूर्वअर्थमन्त्री शर्मासँग बिहीबार बिहान समितिको कार्यकक्षमा बयान लिएको छ । समितिमा पूर्वअर्थमन्त्री शर्माले समितिले सोधेको सबै प्रश्नको जवाफ दिएको र यसको निचोड समितिले निकाल्ने बताएका छन् । समितिले बजेट निर्माणमा संलग्न अर्थमन्त्रालयका १० अधिकारीसँग छलफल गरिसकेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...