आज ६० औं इन्जिनियर दिवस मनाइँदै, इन्जिनियर्स एसोसिएसनद्धारा विशेष कार्यक्रमको आयोजना

Nepal engineers association nea

काठमाडौँ । आज ६० औं इन्जिनियर दिवस  मनाइँदै छ । दिवसको अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसनले प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रम आयोजना गर्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाको समेत उपस्थितिमा हुने समारोहमा राष्ट्रका लागि उत्कृष्ट योगदान पुर्‍याउने इन्जिनियर र संस्थाहरुलाई सम्मान समेत गरिनेछ ।

एसोसिएसनका अनुसार कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, इन्टरप्रेनरसिप अवार्ड, शहीद नवराज विष्ट मेमोरियल अवार्ड, युथ प्रोफेसनल अवार्ड, महिला इन्जिनियर अवार्ड, इन्जिनियरर्स एप्रिसियसन अवार्ड र बेस्ट इन्नोभेसन अवार्ड वितरण गरिने छ ।

आज दिउँसो २ बजेपछि भने फोहोरको दीर्घकालीन व्यवस्थापन र स्थानीय सरकारमा सूचना प्रविधिको प्रयोग सम्बन्धी विषयमा छलफल हुने छ । साँझ ५ बजेपछि सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

एसोसिएसनले हरेक वर्ष साउन ३ गतेलाई ‘इन्जिनियर दिवस’को रूपमा मनाउँदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...