नेपाल प्रहरीका ३६ जना डीएसपी एसपीमा बढुवा सिफारिस

Nepal police

काठमाडौँ । नेपाल प्रहरीका ३६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) बढुवा सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालय बढुवा समितिले बुधबार ३६ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा समिति सदस्य सचिव एआईजी पूजा सिंहकाअनुसार जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत डीएसपी देवेन्द्रबहादुर पाल एक नम्बरमा बढुवा सिफारिस भएका छन्।

त्यस्तै, सीताराम रिजाल, भीमकिरण बोगटी, सुमनकिरण तिम्सिना, सरोज पौडेल, विष्णुहरि कोइराला, भाग्येन्द्र पुरुष ढकाल, नरहरी रेग्मी, रन्जितसिंह राठौर, नेत्रमणी गिरी, अवदेश विष्ट क्षेत्रीलगायत बढुवा सिफारिसमा परेका छन्।

बढुवा सिफारिस सूचीको अन्तिममा प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध, निर्देशनालयमा कार्यरत डीएसपी मोहनकुमार थापा रहेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...