विद्यालय प्रांगणमै कुटिए अपांगता भएका प्रधानाध्याक बस्तेत

प्रअ बस्नेत भन्छन्, ‘छलफल भइरहेका बेला सन्देश आठपहरियाले कुर्सीबाट लछारपछार गर्दै कुटपिट गरे’

Yam basnet dkt

धनकुटा । धनकुटा नगरपालिका–८ सान्ताङस्थित देउराली माध्यमिक विद्यालयका प्रधानाध्यापक यमबहादुर बस्नेतमाथि विद्यालयमै कुटपिट भएको छ । उनी अपांगता भएका व्यक्तिसमेत हुन् । बस्नेत राष्ट्रिय अपांग महासंघका पूर्व केन्द्रिय सदस्यसमेत हुन् । 

प्रधानाध्यापक बस्नेतलाई सोही विद्यालयका शिक्षक चन्द्रकुमार राईले विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोपका विषयमा विद्यालयमा छलफल भइरहेका बेला कुटपिट गरेको हो ।

उनलाई नेकपा एमाले निकट युवा संघको जिल्ला उपाध्यक्ष शन्देश आठपहरियाले कुर्सीमा बसेको बेला तानेर बाहिर निकालेका थिए । सोही क्रममा आक्रोसित भीडले कुटपिट गरेको थियो । कुटपिटबाट प्रअ बस्नेतको दाहिने खुट्टा भाँचिएको छ । उनको आँखा र शरीरका अन्य भागहरुमा समेत गहिरो चोट लागेको छ । उनलाई धनकुटा जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सुनसरीको इटहरीस्थित बेदान्त अस्पताल लगिएको छ ।

चन्द्रकुमार राईले विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोपका विषयमा गए राती विद्यालयमा भएको छलफलका क्रममा आक्रोशित भीडले प्रधानाध्यापक बस्नेतमाथि कुटपिट गरेको हो ।

सो विषयमा आइतबार दिउँसो पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा शिक्षक राईविरुद्ध किटानी जाहेरी दिएको थियो । शिक्षक राईको विषयमा छलफल गर्न आइतबार साँझ विद्यालयमा सोही विषयमा शिक्षक, अभिभावक र विद्यार्थीहरु बीच छलफल डाकिएको थियो । सोही क्रममा प्रअ बस्नेतमाथि कुटपिट भएको हो ।

‘छलफल भइरहेका बेला सन्देश आठपहरियाले कुर्सीबाट लछारपछार गर्दै बाहिर निकाले । त्यसपछि सिँढीमा झारेर ५/७ जनाको समुहले मलाई कुटपिट गरे’ घाइते बस्नेत भने, ‘म त्यसै पनि अपांग व्यक्ति हुँ । म माथि अन्याय गरियो । यसले मलाई मानसिक रुपमा कमजोर बनाएको छ ।’

प्रअ बस्नेतले विद्यालयको विषयलाई लिए राजनीति प्रतिसोध साँध्न खोजिएको बताए । ‘जसले गल्ती गरेको भए पनि कारवाहीको भागेदार बनाइनुपर्छ’ उनले भने ‘तर, शान्ति क्षेत्र भनिएको विद्यालय क्षेत्रमा आएर गण्डागर्दीको शैलीमा कुटपिट गर्नुले विद्यालयको मर्यादामा आँच पुगेको छ ।’

सहिदभूमि गाउँपालिका–३ घर भएका ४० वर्षीय शिक्षक राईले सो विद्यालयका छात्रालाई पटकपटक यौन दुर्व्यवहार गरेको आरोप छ । उनले छात्राहरूको संवेदनशिल अङ्गहरूमा छुने, चिमोट्ने, ‘ब्रा’ को इलास्टिक तन्काइदिने जस्ता व्यवहार पटकपटक गर्दै आएको आरोप लगाए पनि छलफलका क्रममा विद्यार्थीहरुले सधैं विद्यालय नआउने, नम्बर कम दिने भन्दै आक्रोस व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...