जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा नेपालमा आज राष्ट्रिय शोक

Sinjo abe 20220708091918

काठमाडौँ । नेपाल सरकारले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा आज राष्ट्रिय शोक मनाउने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा शनिबार राष्ट्रिय शोक मान्ने निर्णय गरेको हो ।

हिजो बिहान भएको गोली प्रहारबाट गम्भीर घाइते भएका उनको मृत्यु भएको हो । चुनावी सभालाई सम्बोधन गरिहेका बेला उनीमाथि गोली प्रहार भएको थियो ।

सरकारले हत्या निन्दनीय भएको भन्दै भर्त्सना गरेको छ । साथै आबेको निधनप्रति गहिरो दुःख प्रकटसमेत गरेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...