सिसिटिभी प्रकरण : विवादमा तानिने अर्थमन्त्री, विदामा बस्ने अर्थसचिव !

Madhu kumar marasini

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट ल्याउँदा विवादमा तानिएपछि अर्थसचिव मधुरासिनी बिदामा बसेका छन् । बुधबार बिहान अर्थमन्त्री शर्मासँग भेट गरेका उनले मूख्यसचिव शंकरदास वैरागीसँग टेलिफोन कुराकानी गरेका थिए ।

बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएको भन्दै प्रश्न उठेपछि सचिव मरासिनी लामो विदामा बसेको मन्त्रालयका अधिकारीहरुले दाबी गरेका छन् ।

सोमबारदेशि विसन्चो भइरहेको भनिरहेका सचिव मरासिनी दुईदिने लागि स्वास्थ्य चेकजाँच गरेर मन्त्रालय आउने जानकारी गराएका छन् । अर्थमन्त्री जनार्दन शर्मा पछिल्लो समय विवादित भइरहदा अर्थसचिव स्वास्थ्यको बहाना बनाएर विदामा बसेको आशंका गरिएको छ ।

अर्थमन्त्री शर्मामाथि बजेट घोषणाको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...