रामेछाप बस दुर्घटनाका सबै मृतकको सनाखत (सचीसहित)

Ramechhap bus accident

काठमाडौं । रामेछापको लुभुघाटमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुने सबै १३ जनाको सनाखत भएको छ । बा ३ ख ८३९६ को बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै र ४ जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनास्थलमा मृत्यु हुनेमा रामेछापको सुनापति गाउँपालिका-५ का ६० वर्षीय ठुला तामाङ, २२ वर्षीया विपना तामाङ, ३६ वर्षीया सन्जु आलेमगर, ३६ वर्षीय खड्कबहादुर विक, सुनापति गाउँपालिका ४ की २६ वर्षीया समृता तामाङ, काभ्रे रोशीका २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका ८ का १८ वर्षीय सुदिप गजमेर, मण्डनदेउपुर गाउँपालिका ९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिकाका कुलबहादुर विक रहेका छन् ।

उपचारको क्रममा मृत्यु हुनेहरुमा सुनापति गाउँपालिका ५ का ४५ वर्षीय रामबहादुर श्रेष्ठ, सोही वडामा २४ वर्षीय बुद्ध तामाङ र ६० वर्षीया नेमा तामाङ र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका ९ की ३५ वर्षीया धनमाया तामाङ रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...