रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, घाइतेको उद्धार कार्य जारी

Ramechap accident

काठमाडौं । रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । बिहान करिब १० बजेतिर खनियापानीमा बस दुर्घटना भएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार थिङका अनुसार पाँच जना पुरुष र चार जना महिला घटनास्थलमै मृत फेला परेका हुन् । घटनास्थलबाट ३० जना घाइतेको उद्धार गरी उपचारका लागि धुलिखेल पठाइएको उनले बताए । बसमा ४० जनाभन्दा बढी सवार रहेको प्रहरीले जनाएको छ ।

सुनापतिबाट काठमाडौंका लागि बस बिहान छुटेको थियो । बस के कारणले दुर्घटनामा परेको हो भन्ने बारे थप विवरण आउन बाँकी छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले गम्भीर घाइतेहरुलाई हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको जानकारी दिए । उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...