समाजवादी कांग्रेसले बनायो युथ फोर्स, के छन् यसको उदेश्य ?

Samajwadi yuth force

काठमाडौं । संविधान खारेज गर्नु पर्ने प्रजातन्त्र, हिन्दुराज्यको पुनःस्थापना र राजसंस्थाको स्थापना लगायतका माग राख्दै आएको नेपाल समाजवादी कांग्रेसबाट युथ फोर्स बनाएको छ ।

गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनसमेत बहिष्कार गरेको समाजवादी कांग्रेसले सुनीलकुमार श्रेष्ठको संयोजकत्वमा नेपाल समाजवादी यूथफोर्स नामक अर्काे भात्रृ संगठन बनाएको हो । यसअघि समाजवादी कांग्रेसले महिला, विद्यार्थी, मजदुर यातयात, खेलकुद लगायतका संगठन बनाइसकेको छ ।

समाजवादी कांग्रेसले २०७२ सालमा संविधानसभाले बनाएको संविधान खारेजीको लागि चरणबद्ध आन्दोलन गर्दै आएको छ । त्यसका लागि उसले आफ्ना जनवर्गीय संगठनलाई परिचालन गर्दै आएको छ । आफ्नो आन्दोलनलाई प्रभावकारी बनाउन पनि युथफोर्सको गठन गरेको नेपाल समाजवादी कांग्रेसका केन्द्रिय सचिव मानबहादुर गुरुङले बताए ।

पार्टी अध्यक्ष गोविन्द निरौलाले पार्टीको विधान बमोजिम जनवर्गीय संगठनहरु निर्माण भइरहेको जानकारी दिए । अध्यक्ष निरौलाले २०७२ को संविधान खारेज, संवैधानिक राजसंस्था र हिन्दुराज्यको पुनःस्थापना नभएसम्म आफ्नो आन्दोलन नरोकिने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...