पाँचथरमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता

Pahiro

काठमाडौँ ।  पाँचथरमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिरोले बगाउँदा ४२ वर्षीय रुपलालसहित उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा बेपत्ता भएका छन् ।

बेपत्ताको खोजी भइरहेको छ । गएराति पहिरोले घर बगाउँदा रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने उछिट्टिएर बाँच्न सफल भएकी छिन् । पहिरो ढुङ्गा, माटोले बनेको घर तथा गोठ बगाएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...