गैरकानुनी रुपमा रकम असुल गर्ने २ सहित दक्षिण कोरियामा १३ नेपाली पक्राउ

Korea

काठमाडौं । दक्षिण कोरियामा अवैध रूपमा काम गरिरहेका १३ नेपाली पक्राउ परेका छन् । त्यहाँको अध्यागमन नियन्त्रण ऐन उल्लङ्घन गरी गैरकानुनी रुपमा काम गरेको आरोपमा १३ नेपालीलाई पक्राउ गरेको हो ।

उनीहरुमध्ये दुई जनाले दक्षिण कोरियाका प्रतिनिधिसँग मिलेर मौसमी कामदारको रुपमा प्रवेश गर्ने नेपालीलाई गैरकानुनी रुपमा रोजगारीमा लैजाने र मध्यस्थता गरिदिएवाफत रकम असुल्ने गरेका थिए ।

पक्राउ परेका नेपालीमध्ये चारजना ‘कृषि तथा मत्स्यपालन मौसमी काम (इ–८) को हैसियतमा कोरिया प्रवेश गरी श्रम सम्झौता अवधि नपुग्दै काम छाडेर गैरकानुनी रूपमा अर्को ठाउँमा काम गरेको तथा बाँकी नौ जनाको भिसा अवधि सकिएको पाइएको दक्षिण कोरियामा कार्यरत पत्रकार गुरुदत्त न्यौपानेले जानकारी दिए ।

पक्राउ परेका नेपालीहरूको नाम ठेगाना भने खुलाउन नमिल्ने उनले बताए । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ ।

उनीहरू आनसङ सी तथा ख्यङ्गिदोमा एक कम्पनी कार्यरत थिए । अवैध रूपमा आफ्नो कार्यस्थल छोडेका विदेशीहरूलाई काममा राख्ने कम्पनीलाई समेत कारबाही प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । ​​

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...