रासायनिक मल अभाव हुनुमा ठेकदार दोषी रहेको कृषि मन्त्री यादवको भनाई

Mahendra rai yadav

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले रासायनिक मल अभाव हुनुमा ठेकदार दोषी रहेको बताएका छन् । मलको ठेक्का प्रणाली राम्रो नभएको भन्दै उनले निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भनेर सोच्ने बेला भएको बताए । १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रको फार्ममा आज बिहान आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि हुनु र ठेक्का पाएका ठेकदारको बेवास्ताका कारण मल ल्याउन नसकिएको मन्त्री यादवले बताए । मन्त्री यादवले लागेको ठेक्काबाट पनि मल नआएको बताए । भारतले लामो समयपछि मंगलबार १५ हजार मेट्रिकटन रासायनिक यूरिया मल दिने भनेको पनि मन्त्री यादवले जानकारी दिए ।

अहिले कृषकलाई यूरिया मल अभाव भएको बताउँदै उनले डिएपी भने पुग्ने र आउने क्रममा रहेको मन्त्री यादवले बताए । मलको ठेक्का प्रणाली राम्रो नभएको भन्दै मन्त्री यादवले पेट्रोलियम पदार्थ आयात गरेजस्तै मल आयात गर्नुपर्ने बताए । उनले निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भनेर सोच्ने बेला भएको समेत बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...