वर्षाका कारण सिसडोल सडक अवरुद्ध बनेपछि काठमाडौँको फोहोर व्यवस्थापनमा सकस

Sisdol sadak

काठमाडौँ । नुवाकोटको सिसडोलमा सडक वर्षाका कारण अवरुद्ध भएको छ । भारी वर्षाका कारण सिसडोलमा बनेको फोहोरको पहाडबाट लेदोसहितको फोहोर खसेपछि सडक अवरुद्ध भएको हो । उपत्यकाको फोहोर बन्चरेडाँडामा विसर्जन हुँदै आएको छ । सिसडोलबाट दुई किलोमिटर टाढा बञ्चरेडाँडा अवस्थित छ । 

काठमाडौं महानगरपालिकाको वातावरण विभागले सिसडोलको ६० देखि ७० मिटर सडकखण्ड जोखिमयुक्त भएकाले वैकल्पिक बाटो बनाउनुपर्ने भएकाले दुई दिन फोहोर नउठ्ने भएको हो । बाटो मर्मत गर्नुपर्ने भएकाले मंगलबार र बुधबार उपत्यकाबाट फोहोर बोक्‍ने गाडीलाई नपठाइएको हो ।

बन्चरे डाँडामा दैनिक २ सय गाडी फोहोर विसर्जन हुँदै आएको छ । वर्षायाममा मुस्किलले सय वटा गाडीले फोहोर विसर्जन गर्ने गर्छन् ।सिसडोलको सडकमा तीन वर्षअघि फोहोरको पहिरो गएपछि त्यहीमाथि सडक बनाइएको थियो । ग्राभेल हालेर मर्मत गरिए पनि वर्षायाममा सडक अवरुद्ध हुने गरेको छ । 

वर्षायाममा सिसडोलमा विसर्जन गरिएको फोहोर कुहिने र त्यही कुहिएको फोहोर लेदोको रुपमा खस्दा सडक अवरुद्ध हुने गरेको छ । कुहिएको फोहर माथिबाट आवतजावत गर्दा दुर्घटना हुने खतरा भएकाले कामपा वातावरण विभागले उपत्यकाबाट फोहोर लाने काम बन्द नै गरेर उक्त स्थानमा सफा गर्न लागेको जनाएको छ ।

महानगरको वातावरण विभाग प्रमुख सरिता राईका अनुसार केही दिनदेखि नियमित परेको वर्षाका कारण समस्या आएको छ । निरन्तर परेको पानीले काठमाडौंदेखि अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रूपमा सबै फोहोरका गाडी जान सकेका छैनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...