हैजाको जोखिम : काठमाडौँ महानगरद्वारा हटलाइन टेलिफोन सञ्चालन

Telephone

काठमाडौँ । हैजाको जोखिम बढेपछि काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न २४सै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । महानगरले आजदेखि हैजासम्बन्धी समस्या समाधान गर्न यसअघि कोभिड रोकथाम तथा नियन्त्रणका लागि प्रयोग गरिएको ११८० नम्बरलाई राष्ट्रिय सभा गृहको कल सेन्टरमा स्थानान्तरण गरेर सेवा थालिएको हो ।

त्यस्तै सडकमा खानेकुरा बेच्न नदिने तयारी थालेको छ । नेपाल प्रहरीसँग सहकार्य गरेर महानगरले सडकमा खानेकुरा बेच्न रोक लगाउनेबारे तयारी थालेको हो । यद्यपि निर्णय भने भइसकेको छैन । 

जनस्वास्थ्य सम्बन्धी जोखिम पूर्वअनुमान गरेर व्यवस्थापनका काम थालिएको महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)को भनाइ छ । जनस्वास्थ्यको सवालमा महानगरले कुनै पनि कुरामा सम्झौता नगर्ने बताउँदै प्रमुख शाहले नगरवासीलाई पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न आग्रह गरेका छन् ।

 

प्रतिकृया दिनुहोस