नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति विरुद्धको रिटमा आज सुनुवाई हुने

Supreme court

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज सुनुवाई हुने भएको छ ।

यसअघि असार ५ गते सुनुवाई भएको मुद्दालाई हेर्दाहेर्दैमा राखेर सोमबारका लागि सुनुवाई तोकिएको थियो । कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको इजलसामा सुनुवाई भइरहेको मुद्दामा रिट निवेदक विश्वराज पोखरेलका तर्फबाट १३ जना कानून व्यवसायीले बहस गरिसकेका छन् । उनीहरूले सिंहलाई आईजीपी बनाउने निर्णय गैरकानूनी रहेको दावी गरेका छन् ।

सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाई सुरु भएको थियो। सोमबार प्रतिवादीका तर्फबाट बहस हुने भएको छ । आफू भन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै एआईजी पोखरेलले २०७९ वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...