सार्वजनिक सवारी साधनको भाडा घट्यो कहाँ कति घट्यो ? (सुचीसहित)

Roaddd

काठमाडौँ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा दर घटाएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै विभागले सार्वजनिक सवारी साधनको भाडादर स्वचालित प्रणालीअनुसार घटाएको हो ।

विभागका अनुसार डिजेलको बजार मूल्य प्रतिलिटर २९ रुपैयाँ घटेकाले सार्वजनिक सवारी साधनको भाडादरमा पनि कटौती गरिएको हो । इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे वा घटेमा विभागले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गर्दै आएको छ ।

विभागको सूचना अनुसार अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुबाहक र मालबाहक गाडीको भाडा साविकको भाडामा न्यूनतम ५.४१ प्रतिशतदेखि अधिकतम ७.६८ प्रतिशतसम्मले घटाइएको छ । यस्तो भाडा यात्रुवाहक सवारीमा ५.४१ प्रतिशतले, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले घटाइएको छ ।

यसअघि असार ३ गते भाडा समायोजन गरेको विभागले न्यूनतम ५.३० प्रतिशतदेखि अधिकतम ७.७ प्रतिशतले भाडा बढाएको थियो ।

कहाँ कति घट्यो ?

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...