तीन दिनसम्म वर्षा निरन्तर हुने, सतर्कता अपनाउन आग्रह

Mausam

काठमाडौं । देशका विभिन्न भू–भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । अहिले प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने क्रम जारी छ ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै प्रदेश नं १ का एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राती देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशभरका पहाडी भेगका धेरै स्थान र बाँकी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र गण्डकी प्रदेश एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ । जसमा भनिएको छ : प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

महाशाखाको बुलेटिनअनुसार कम्तीमा तीन दिनसम्म वर्षा जारी रहनेछ ।

महाशाखाले जारी गरेकाे तीन दिनकाे माैसम अनुमान

असार ११ गते शनिबार
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १ को एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राती : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशभरका पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

असार १२ गते आइतबार
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशभरका पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राती : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशभरका पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

असार १३ गते सोमबार
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशभरका पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राती : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशभरका पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...