विराटनगर महानगरको बजेट ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार

Biratnagar nagar sava 1024x537

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

१० औं नगरसभामा उपमेयर शिल्पा कार्कीले प्रस्तुत गरेको बजेट मध्ये चालूतर्फ ५५ करोड ३५ लाख ५० हजार रुपैयाँ र पूर्वाधार विकासतर्फ १ अर्ब ८९ करोड, ७१ लाख १७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै आर्थिक विकासतर्फ २७ करोड ७३ लाख, सामाजिक विकासतर्फ ७८ करोड ३९ लाख, सुशासनतर्फ ७ करोड, ७७ लाख वातावरण तथा विपत व्यवस्थापनतर्फ ३ करोड ६० लाख विनियोजन भएको छ ।

१९ वटा वडाहरुमा वडा स्तरीय आयोजनाका लागि ४१ करोड ६८ लाख, नगरस्तरीय आयोजनाका लागि ३० करोड, बहुवर्षीय गौरवका आयोजनाका लागि २९ करोड, क्रमागत योजनाका लागि ४० करोड विनियोजन गरिएको छ ।

महानगरले संघबाट अन्तर सरकारी वितिय हस्तान्तरणतर्फ १ अर्ब २१ करोड ८५ लाख, प्रदेश सरकारबाट ४ करोड ९१ लाख, राजस्व बाँडफाँटतर्फ १ अर्ब १३ करोड ९९ लाख, आन्तरिक आयतर्फ १ अर्ब, जनसहभागिताबाट ८ करोड र अनुदान तथा ऋणबाट १० करोड १९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

प्रतिकृया दिनुहोस