नेपाल एयरलाइन्समा महाप्रबन्धकको जिम्मेवारी ज्वारचनलाई

Dipu jwarchan

असार ९ : नेपाल एयरलाइन्समा कार्यकारी अध्यक्ष र महाप्रबन्धक पद दुवै रिक्त रहेको अवस्थामा नेतृत्व सम्हाल्ने गरी सरकारले वरिष्ठ क्याप्टेन दीपु ज्वारचनलाई जिम्मेवारी तोकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेका स्वकीय उपसचिव हेमन्त रेग्मीका अनुसार ज्वारचनलाई महाप्रबन्धकको कामकाज गर्ने गरी अस्थायी जिम्मेवारी तोकिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ज्वारचनलाई दिएको नियुक्ति पत्रमा भनिएको छ, ‘नेपाल वायुसेवा निगम २०१९ को दफा १२ बमोजिम तपाईंलाई नेपाल वायुसेवा निगमको महाप्रबन्धकको कामकाज गर्ने गरी अस्थायी नियुक्ति गरिएको व्यवहोरा निर्णय अनुसार अनुरोध छ ।’

नेपाल एयरलाइन्सको नेतृत्व खाली रहेको अवस्थामा संस्थालाई नेतृत्व गर्न मन्त्रिपरिषद्‍बाट उनलाई महाप्रबन्धकमा अस्थायी नियुक्त गरिएको हो । नेतृत्वमा रहँदा समेत उनले जहाजका चालकका हैसियतमा समेत काम भने गर्न पाउने भएका छन् । सरकारले युवराज अधिकारीलाई निलम्बन गरेसँगै यो पद रिक्त रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...