पोखराको नीति तथा कार्यक्रम : सहरका तार भूमिगत गर्नेदेखि ‘पढ्दै कमाउँदै’ कार्यक्रमसम्म (पूर्ण पाठसहित)

Pokhara mahanagarpalika nagarsava

पोखरा । तत्कालीन पोखरा नगरपालिका हुँदाबाट सधैं पोखराका बिजुली तार भूमिगत गर्ने चर्चा भइरहन्छ । प्रत्येक वर्ष नीति तथा कार्यक्रममै समेटिँदै आएको यो योजना ०७४ सालमा पोखराको मेयरमा मानबहादुर जिसी निर्वाचित भएर आइसकेपछि पनि दोहोर्‍याएका थिए ।

बैदामस्थित हिमागृह र रत्न मन्दिरलाई व्यवसायिक रुपमा खुला गर्ने महानगरले नीति लिएको छ । ती मन्दिर सर्वसाधारणका लागि खुला गर्न महानगरले प्रदेश सरकारसँग सहयोग लिने बताएको छ । पुरानो पोखरालाई स्मरण गर्ने गरी सांस्कृतिक ग्राम बनाउन अध्ययनसमेत सुरु हुने भएको छ ।

अघिल्लो पटक विवादित र असफल बनेको पोखराका तार भूमिगत बनाउने योजना अहिले पोखरा महानगरले पुनः नीति तथा कार्यक्रममा समावेश गरेको छ । आगामी २ वर्षभित्र मुख्य सहरी क्षेत्रका टेलिफोन र अन्य तार हटाएर भूमिगत बनाउने घोषणा मेयर धनराज आचार्यले गरेका छन् ।

पोखराका लागि लामो समयदेखि टाउको दुखाइ बनिरहेको तर, सुल्झिन नसकेको अर्को समस्या हो, पोखरा बसपार्क । लामो समयदेखि पटकपटक चुनावी घोषणामात्रै नभएर नीति तथा कार्यक्रम र वार्षिक बजेटमै समावेश भएर पनि बसपार्क व्यवस्थित हुन सकेको छैन ।

अतिक्रमणको चर्को चपेटामा परेको पोखरा बसपार्क अहिले सुकुम्बासीले भरिएको छ । बसपार्क बनाउन सुरु गरेको ५ दशक बितिसक्दासमेत गति लिन सकेको छैन । बसपार्कका लागि अधिग्रहण गरिएको २०४ रोपनी जग्गा अहिले खुम्चिएर २५ रोपनीमात्रै बाँकी रहेको महानगरकै प्रतिवेदनमा उल्लेख छ ।

‘हिमा गृह र रत्न मन्दिर व्यवसायिक तवरले खुला गर्ने र पर्यटक प्रवद्र्धनमा सहयोग पुर्‍याउन पहल गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘उहिलेको पोखराको स्मरण हुने गरी एक सांस्कृतिक ग्राम निर्माण गर्न अध्ययन सुरु गरिनेछ ।’ नेपाल सरकारले सुरु गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रम महानगरमा पनि सुरु गर्ने मेयर आचार्यले बताएका छन् ।

आफू निर्वाचित भएको करिब २ वर्षपछि ०७६ मंसिर २७ गते पोखरा सिद्धार्थचोकस्थित एउटा पोलमा गुजुल्टिएको तार काट्दै मेयर जिसीले भनेका थिए, ‘अब एक महिनाभित्र पोखराका मुख्यमुख्य ठाउँमा गुजुल्टो परेका तार हटेर छ्याङ्गै हुन्छ ।’

तर, मेयर जिसीको कार्यकाल सकिँदासम्म अव्यवस्थित तारलाई भूमिगत बनाउने योजना पार लागेन नै मुख्य चोकका पोलहरुमा थप तार गुजुल्टिए । योजना र तयारीबिनै तार काटेपछि सेवाप्रदायक संस्थासमेत रुष्ट बने । अन्तिममा तत्कालिन मेयर जिसीले भनेका थिए, ‘सोचेजस्तो सजिलो हुँदैन रहेछ । केही समय लाग्ने रहेछ ।’

हेर्नुस् पोखरा महानगरको नीति तथा कार्यक्रम

 

 

प्रतिकृया दिनुहोस