पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै विभिन्न ठाउँमा प्रदर्शन

सरकारले मूल्यवृद्धि फिर्ता नलिए देशभर आन्दोलन गर्ने चेतावनी

Butwal uml pradarshan

काठमाडौँ ।  पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै विभिन्न ठाउँमा प्रदर्शन भएको छ । नेकपा एमाले निकट अनेरास्ववियुले आज बुटवल, विराटनगरलगायतका शहरमा प्रदर्शन गरेको हो । बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका विद्यार्थीहरूले मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै टायर बालेर सडक अवरुद्ध गरेका छन् ।

त्यस्तै विराटनगरमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै यातायात व्यवसायी र मजदुरले चक्काजाम समेत गरेका छन् । सोमबार बिहान विराटनगरको राजवशी चोकमा सवारी साधन तेस्र्याएर उनीहरूले यातायात अवरुद्ध गरेका हुन्। यदि सरकारले मूल्यवृद्धि फिर्ता नलिए देशभर आन्दोलन गर्ने यातायात व्यावसायीहरूले चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकीकृत समाजवादीबाट फेरिए चार मन्त्री र एक राज्यमन्त्री, जीवनराम र मेटमणिको ‘इन्ट्री’ (सूचिसहित )

New mantri samajwadi

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवा...