राप्रपा धनकुटामा राजीनामाको होडबाजी : अध्यक्षको राजीनामा रोक्न आयो अर्काे सामुहिक राजीनामा

Rpp dkt news

धनकुटा । केन्द्रले गरेको व्यवहार, स्थानीय तहमा नेता तथा कार्यकर्ताहरुले आफ्नै पार्टीका उम्मेदवारहरुलाई मत नदिएको आदी गुनासो गर्दै जेठ १९ गते राष्ट्रिय प्रजातन्त्र पार्टी धनकुटाका जिल्ला अध्यक्ष कुमारबहादुर थापाले राजीनामा दिएको एक सातापछि राष्ट्रिय प्रजातन्त्र पार्टी धनकुटाका सम्पूर्ण सदस्यहरुले सामुहिक राजीनामा दिएका छन् ।

सुनीलबहादुर थापाले आफ्ना वुवा सूर्यबहादुर थापाको विरासत जोगाउन नसके पनि भतिज कुमारबहादुर थापाले धनकुटामा राप्रपालाई जोगाउँदै आएका थिए । तर, उनले पनि राप्रपा त्यागेपछि उनको राजीनामा अस्वीकृत गर्न माग गर्दै केन्द्रिय सदस्यसहित जिल्ला कार्य समिति धनकुटाका पदाधिकारी तथा सदस्यहरुले सामुहिक राजीनामा दिएका हुन् ।

२०४८ सालदेखि झण्डै ३१ वर्ष राप्रपाको जिल्ला अध्यक्ष रहेका कुमारबहादुर थापाले यही जेठ १९ गते धनकुटामा बसेको राप्रपाको बैठकमा राजनीनामा पत्र पेश गरेका थिए । तर, सो राजीनामा पत्र अस्वीकृत गर्न माग गर्दै केन्द्रलाई राजीनामा पेश गरेका हुन् ।

यसरी सामुहिक राजीनामा पेश गर्नेहरुमा जिल्ला उपाध्यक्षहरु टिकाप्रसाद घिमिरे, पवित्रा श्रेष्ठ, सचिव दुर्गा पुरी, सहसचिव नमुना राई, प्रदेश अध्यक्षहरु धर्मध्वज राई र श्याम गुरुङ, जिल्ला सदस्यहरु, शंकर थापा, नविन गौतम, गर्जमान राई, गोपाल निरौला, लोकेन्द्र अधिकारी, शंकरबाबु पौडेल, रत्न तामाङ, भुपेन्द्र तामाङ, पालिका अध्यक्षहरुमा धनकुटाका ज्ञानबहादुर विष्ट, पाख्रिबासका लक्ष्मी थापा, महालक्ष्मीका गोपाल थापा, छथरजोरपाटीका निरबहादुर थापा, सहिदभुमीका रेवतराम भण्डारी, साँगुरीगढीका नरेन्द्र राई, चौविसेका चन्द्र गुरुङ सहितका पदाधिकारीहरु रहेका छन् ।

जिल्ला अध्यक्षले राजीनामा दिँदा किन जिल्लाका सबै पदाधिकारीहरुले राजीनामा दिनु प¥यो त ? प्रश्न धेरै छन् । राप्रपाका जिल्ला उपाध्यक्ष टिकाप्रसाद घिमिरेले केन्द्रलाई दवाव दिन सामुहिक राजीनामा दिएको बताउँछन् ।

राप्रपाका संस्थापक नेता स्वर्गीय सूर्यबहादुर थापाको गृह जिल्ला हो धनकुटा । तर, थापाको मृत्युपछि धनकुटामा राप्रपा छिन्नभिन्न हुँदै आएको छ । राप्रपालाई जोगाउँदै आएका पूराना नेताहरुसहितले सामुहिक राजीनामा दिएपछि धनकुटामा राप्रपा शुन्य हुने देखिएको छ ।

र, यो पनि ...

कुमार थापाले किन दिए राप्रपाबाट राजीनामा ? यस्तो छ मुख्य कारण सधैं पेलानमा, उपलब्धी ‘जिरोको जिरो’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...