आईजीपी नियुक्ति विरुद्धको मुद्दामा सुनुवाई सुरु

Supreme court

काठमाडौँ । नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाई सर्वोच्च अदालतमा सुरु भएको छ । कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ सुरु भएको हो । अहिले अधिवक्ता लीलामणि पौडेलले बहस गरिरहेका छन् ।

वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै वैशाख २२ मा न्यायाधीश सुष्मालता माथेमाले जेठ १७ मा पूर्ण सुनुवाइका लागी पेश गर्न आदेश गरेकी थिइन् । जेठ १७ मा एआईजी बढुवा विरुद्ध पूर्व डीआईजी ईश्वरबावु कार्की समेतले दायर गरेको रिट लगाउमा राखेर न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र कुमार चुडालको बेन्चमा पेश तोकिएको थियो । तर, प्रत्यर्थी धीरजप्रताप सिंह, रविन्द्रबहादुर धानुक र वसन्त पन्तको म्याद तामेल नभएको देखिएपछि जेठ १७ मा सुनुवाई भएएको थिएन ।

न्यायाधीश श्रेष्ठ र चुडाल सम्मिलित इजलासले जेठ ३० मा मुद्दाको अन्तिम सुनुवाई गर्न पेशी तोकेका थिए । सोमबार आईजीपी नियुक्ति विरुद्ध परेको रिट र पूर्व डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबावु कार्की र प्रकाशजंग कार्कीले एआईजीपी बढुवा विरुद्ध हालेको रिट सँगै सुनुवाई भएको छ ।

घनश्याम अर्यालसहित ३ जना डीआईजीले अहिलेका आईजीपी धीरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई बरियता मिचेर बढुवा गरेको भन्दै रिट दायर गरेका थिए । आईजीपी विवादबारे सर्वोच्च अदालतले धीरजप्रताप सिंहको व्यक्तिगत फाइल, उनलाई बढुवा गर्ने प्रस्ताव र मन्त्रिपरिषद्को निर्णय मिसिल झिकाएको छ । आईजीपी सिंहले वैशाख १९ मा दर्ज्यानी चिन्ह लगाएर प्रहरीको कमाण्ड सम्हालिसकेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...