अखिलकी केन्द्रिय नेतृ तिवारी सम्मानित

Muna tiwari

काठमाडौं । स्थानीय तहको निर्वाचनमा गीतमार्फत चुनाव प्रचार प्रसारमा सहयोग गर्ने कलाकारहरु सम्मानित भएका छन् ।

राष्ट्रिय जनसङ्गीत कलाकार सङ्घले स्थानीय तहको निर्वाचन केन्द्रित गरेर ‘एमालेको नेतृत्वमा समृद्धिको यात्रा’ बोलको चुनावी गीत ल्याएको थियो । सोही गीतमा अभिनय गर्ने कलाकारहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार सम्मान गरे ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अनेरास्ववियुकी केन्द्रिय सदस्य तथा शंकरदेव कलेज ईञ्चार्ज मुना तिवारीलाई कदर प्रदान गरे । ‘एमालेको नेतृत्वमा समृद्धिको यात्रा’ बोलको चुनावी गीतलाई प्रकाश भुजेलले लेखेका हुन् भने इन्द्र आरपीको स्वर रहेको छ । उक्त गीतमा तिवारीले पनि अभियन गरेकी थिइन् ।

उक्त गीतमा चुनाव केन्द्रित गरेर बनाइएको उक्त गीतमा अखिल अध्यक्ष सुनिता बराल, उपाध्यक्ष मोती विक लगायतले अभिनय गरेका थिए । तिवारीले विभिन्न गीतको म्युजिक भिडियोहरुमा विभिन्न जात जातिको भाषा भाषीको ड्रेस लगाएर अभिनय गरेकी थिइन् ।

संघले कोमल वली, बद्री पंगेनी लगायतका कलाकारलाई पनि सम्मान गरेको छ ।

र, यो पनि...

एमाले बाहेक कुनै पार्टीले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन सक्दैन : के.पी ओली

 

Video

प्रतिकृया दिनुहोस