पूर्व सांसद भद्रबहादुर थापा मगरको निधन

Bhadra thapa

पाल्पा । पूर्व सांसद भद्रबहादुर थापा मगरको निधन भएको छ । पाल्पा क्षेत्र नम्बर १ का पूर्वसांसद तथा एमाले नेता ७० वर्षीय थापाको आज बिहान निधन भएको हो ।

२०५६ सालको आम चुनावमा पाल्पा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित थापाको रामपुर नगरपालिका १० मा रहेको आफ्नै निवासमा निधन भएको हो ।

थापा केही वर्षअघिदेखि मुटुको रोगबाट ग्रसित थिए । २०६४ सालमा अन्तरिम विधायिका सदस्य रहेका थापा पछिल्लो समय नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी सल्लाहकार सदस्यसमेत रहेका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...