पुराना पत्रकार राजेन्द्रबहादुर श्रेष्ठको निधन

Rajendra shresth

काठमाडौं । पुराना पत्रकार राजेन्द्रबहादुर श्रेष्ठको निधन भएको छ ।

वैशाख ३१ गते अचानक शौचालयमा लडेर मस्तिष्कघात भएपछि उपचारार्थ रहेका ८० वर्षीय श्रेष्ठको उपचारकै क्रममा शनिबार अपराह्न ५ बजे निधन भएको हो ।
विसं २०२० को दशकमा रंगशाला साप्ताहिक, प्रजातन्त्र साप्ताहिक लगायतका पत्रिकाको सम्पादक रहेका श्रेष्ठले २०४० सालपछि पत्रकारितामा कर्पोरेट व्यवस्थापनका लागि सामूहिक प्रयास गर्ने काम गरेका थिए ।

पत्रकारितामा भद्र स्पष्ट र जागरुक मानिने स्वर्गीय श्रेष्ठका श्रीमती‚ तीन छोरी र १ छोरा छन् । उनको शनिबार साँझ आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...