हाइटेन्सन लाइनमा चढेका विकको ९ घण्टापछि सेनाद्धारा उद्धार

Nuwakot pol

काठमाडौं । ककनीबाट दिनभरि हाइटेन्सन लाइनमा चढेका माइला भनिने प्रेम बिकलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको छ ।

तामाङमा अनुसार हेलिकोप्टरमा गएका तीन जना सैनिकले उनलाई फकाएर तारबाट निकालेर हेलिकोप्टरमा चढाएका थिए । शनिबार बिहान १० बजेदेखि बिजुलीको तारमा चढेर हिँडिरहेका बिकलाई साँझ ७ बजेपछि नेपाली सनोको टोलीले सकुसल उद्धार गरेर जमिनमा ओरोलेको हो ।

नेपाली सेनाको उद्धारसँगै एक सन्की व्यक्तिले मच्चाएको बितण्डा समाप्त भएको छ । उच्च भोल्टेज क्षमताको प्रसारण लाइनमा मान्छे चढेपछि देशभरको विद्युत् व्यवस्थापन प्रणाली अस्तव्यस्त भएको थियो । नेपाल विद्युत् प्राधिकरणकाअनुसार बिहान १० बजेदेखि करिब ६५ मेगावाट बिजुली प्रणालीभन्दा बाहिर छ ।

प्रसारण लाइनमा चढेका व्यक्ति मानसिक सन्तुलन ठीक नरहेको बुझिएको छ । ती व्यक्ति पोलमा चढ्न थालेपछि करेन्ट लाग्न सक्ने भन्दै प्राधिकरणले उक्त प्रसारणलाइनको बिजुली काटेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...