पटक पटक समस्या हुँदै आएको काठमाडौंको फोहोर व्यवस्थापनको लागि संसदीय समिति गठन हुने

Jhakriiiii

काठमाडौँ । काठमाडौंको फोहोर व्यवस्थापनका लागि संसदीय समिति गठन हुने भएको छ । पटक पटक समस्या हुँदै आएको काठमाडौंको फोहोर व्यवस्थापनको लागि जनप्रतिनिधिसहितको संयन्त्र बन्न लागेको हो । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बलियो संयन्त्र बनाएर मात्रै समस्या समाधान गर्न सकिने बताइन् ।

नुवाकोट र धादिङका स्थानीय तहका जनप्रतिनिधिहरूले फोहोरको समस्या बेला बेला उठ्ने गरेको भन्दै त्यसको दीर्घकालीन समाधान खोजिनुपर्नेमा जोड दिएका थिए ।

सोही क्रममा मन्त्री झाँक्रीले मन्त्री तथा कर्मचारीहरूबाट भन्दा पनि प्रतिनिधिसभा सदस्यहरू संलग्न समिति गठन गर्दा राम्रो हुने बताइन् । त्यसका लागि प्रधानमन्त्रीसँग छलफल गरिने र संसद्‌बाट समिति गठन गरिने बताइन् । 

सिसडोल र बञ्चरेडाँडाका स्थानीयसँग गरिएको छलफल कार्यक्रममा मन्त्री झाँक्रीले फोहोरमैला व्यवस्थापनको लागि बलियो संयन्त्र बनाउनुपर्नेमा जोड दिएकी हुन् । 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...