मध्य रातीदेखि बढ्यो पेट्रोलियम पदार्थको मुल्य, अब पेट्रोलको मुल्य १७८ रुपैयाँ पर्ने

Petrol

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ ।

सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी बढाएको हो ।

अन्तराष्ट्रिय बजारमा उच्च दरले मुल्य बृद्धि भएको तथा इन्धन आयल कर्पोरेसनलाईए भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै निगम सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो ।

निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२र१२ रुपैयाँ बढाउने निर्णय गरेको हो । निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल र मट्टितेलको १ सय ६५ रुपैयाँ पर्ने छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

यसअघि जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...