समाजवादी कांग्रेस केन्द्रिय समिति विस्तार अभियानमा, थप २ जना मनोनित

Samajbadi condres news

काठमाडौं । नेपाल समाजवादी कांग्रेसले पछिल्लो केन्द्रिय समिति विस्तार अभियान तीव्र बनाएको छ ।

सोही क्रममा प्रकाश पाण्डे (मकवानपुर) र जिवाखर ढकाल (स्याङ्जा) लाई विधान बमोजिम पार्टी केन्द्रिय सदस्यमा मनोनित गरेको छ ।

२०७० साल चैत गते स्थापना भएको समाजवादी कांग्रेसले २०७१ साल असोज ५ गते निर्वाचन कार्यालयबाट दल दर्ताको मान्यता पाएको थियो । त्यो बेला विमलप्रसाद यादव अध्यक्ष थिए । पार्टी स्थापना हुँदा २१ जना संस्थापक सदस्य थिए ।

२०७५ सालमा प्रथम महाधिवेसन गरेपछि केन्द्रिय समिति विस्तारलाई पनि तीव्र बनाएको छ । पछिल्लो समयमा २ जनालाई केन्द्रिय समितिमा मनोनित गरेसँगै केन्द्रिय समितिमा ५७जना पुगेको पार्टी सचिव मानबहादुर गुरुङले बताए ।

सो पार्टीले पार्टी स्थापना भएसँगै संवैधानिक प्रजातन्त्र, हिन्दु राज्यको पुनस्र्थापना, समाजवादी अर्थनीति, सर्व पक्षीय सरकार गठन, हालको संविधानको खारेजी लगायतका माग राख्दै चरण्चबद्ध आन्दोलन गर्दै आएको छ । सोही क्रममा बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन बहिष्कार गरेको नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...