सांसद श्रेष्ठद्वारा काठमाडौँको फोहोर तत्काल व्यवस्थापन गर्न माग

Krishnagopal shrestha

काठमाडौँ । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौँमा थुप्रिएको फोहोरको तत्काल व्यवस्थापनका लगि सरकारलाई रुलिङ गर्न माग गरेका छन् । आजको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद श्रेष्ठले काठमाडौमा थुप्रिएको फोहोरले दुर्गन्ध बढेको र महामारीको जोखिम बढेर अन्तर्राष्ट्रिय लज्जाको विषय बनिसकेको बताए ।

उनले फोहोर कहिले उठ्छ भनेर तालुकदार मन्त्रालयबाट सरकारको आधिकारिक जानकारी सदनलाई गराउनुपर्ने माग गरे । तत्काल फोहोर नउठे काठमाडौंवासी चुप लागेर नबस्ने चेतावनी दिंदै उनले भने, ‘तालुकदार मन्त्रालयबाट यस सम्बन्धमा सत्यतथ्य जानकारी आओस् । यस सम्बन्धमा सभामुखबाट रुलिङ चाहन्छु ।’

अन्तर्राष्ट्रिय नियोगहरुले महामारीको जोखिम रहेकाले अत्यावश्यक नभएसम्म बाहिर ननिस्किन आग्रह गर्दै आन्तरिक रुपमा सर्कुलर गरेको आफूले बुझेको भन्दै श्रेष्ठले यो लज्जाको विषय भएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...