बन्चरेडाँडामा फोहोर विसर्जन गर्न आज पनि अवरोध

Fohor

काठमाडौं । बन्चरेडाँडामा काठमाडौं महानगरपालिको फोहोर विसर्जन गर्न आज (बुधबार) पनि स्थानीयले अवरोध गरेका छन्। काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई स्थानीयवासीले रोकेका हुन् । अवरोधलाई हटाउने प्रयास भइरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ।

स्थानीयवासीसँग समन्वय नगरेको भन्दै मंगलबार पनि फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेका थिए । अवरोधपछि प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर फाल्न सुरु गरिएको थियो । फोहोर बोकेका गाडी अवरोध गर्ने केही स्थानीय बासिन्दालाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...