रुपन्देहीको रोहिणी खोला पुल बस दुर्घटनाका मृतक ९ जनाकै सनाखत

Rohini khola bus accident 1024x461

बुटवल । रुपन्देहीको रोहिणी खोला पुलमा आइतबार बिहान भएको बस दुर्घटनामा मृतक ९ जनाकै सनाखत भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको लु२ख ३८४१ नम्बरको यात्रुवाहक बस रोहिणी पुलबाट खोलामा खस्दा बसमा सवार ३२ जना मध्ये एकमहिला र ८ पुरुषको मृत्यु भएको थियो ।

रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलका अनुसार मृत्यु हुनेहरूमा रुपन्देहीको ओमसतिया गाउँपालिका-४ का ६५ वर्षका राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका-८ की ३७ वर्षकी तुलसी बस्याल, तिलोत्तमा-२,योगीकुटीका ५६ वर्षका विष्णु पौडेल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षका दिनेश दास रहेका छन् । 

यस्तै बुटवल उपमहानगरपालिका-११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, बुटवल उपमहानगरपालिका-६ आदर्शनगर बस्ने ४० वर्षका अरविन्द शर्मा, अरविन्दका बुवा ५० वर्षका नागेन्द्र शर्मा र सितामढी भारतका ४५ वर्षका सञ्जय गुप्ता र महोत्तरी पिप्रहवा-५का ३० वर्षका चन्दन यादवको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...