रुपन्देही दुर्घटनामा मृत्यु भएका ८ जनाको सनाखत, एकजनाको पहिचान खुल्न बाँकी

Rohini khola bus accident 1024x461

रुपन्देही । रुपन्देहीका रोहिणी गाउँपालिका–३ मा बस दुर्घटनामा परेर ज्यान गुमाएका ९ जनामध्ये ८ जनाको पहिचान खुलेको छ । मृतक ९ मध्ये ८ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान जनपकुरबाट भैरहवा आउँदै गरेको लु.२ ख ३८४१ नम्बरको बस भैहरवा–परासी हुलाकी सडक खण्डको पुलबाट खसेको थियो । दुर्घटनामा परेर मृत्यु हुनेमा ३ जना भारतिय नागरिक छन् । भारतीय नागरिक अरविन्द शर्मा, नागेन्द्र शर्मा र संजय गुप्ताको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा तिलोत्तमा नगरपालिका–२ योगीबुटी घर भएका ५६ वर्षीय विष्णु पौडेल, रौतहट चन्द्रनिगाहापुर बस्ने वर्ष २० का दिनेश दास, बुटवल उपमहानगरपािलका वडा नम्बर–११ घर भएका कृष्ण प्रसाद बस्याल, रुपन्देहीको ओमसदिया बस्ने ६५ वर्षीय राजेन्द्र पाण्डे छन् र तिलोत्तमा–८ घर भएकी तुलसी बस्याल छन् ।

एकजना मृतकको पहिचान खुल्न बाँकी रहेको  छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...