बस दुर्घटनामा घाइते भएकाको उपचारको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

Balkrishna khand

काठमाडौं । जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाको उपचारको व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् । घाइतेहरूलाई तत्काल अस्पताल पुर्‍याएर उपचारको व्यवस्था गर्न गृहमन्त्रीले निर्देशन दिएका हुन् । आइतबार बिहान ४ बजेर ४५ मिनेट जाँदा रोहीणी गाउँपालिका ३ मा पर्ने भैरहवा परासी हुलाकी सडकखण्डको रोहीणी नदी पुलबाट यात्रुबहाक बस नदीमा खसेको थियो ।

जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा ८ पुरुष र एक महिला गरि ९ जनाको मृत्यु भएको हो। मृतकमध्ये ५ जनाको पहिचान खुलेको छ। बसका चालक निदाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।  घाइतेहरूको भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...