डिआईजी बसन्त लामा र सशस्त्र प्रहरी नारायणदत्त पौडेल एआईजीमा बढुवा

Policee

काठमाडौं । नेपाल प्रहरीका डिआईजी बसन्तकुमार लामा र सशस्त्र प्रहरी बलका नारायणदत्त पौडेल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिस अनुसार बढुवाको निर्णय गरेको हो ।

 वैशाख २३ मा बढुवा समितिले डिआईजी बसन्त कुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागी सिफारिस गरेको थियो । प्रहरीमा ५ एआईजीको दरबन्दी रिक्त हुँदा सरकारले लामालाई मात्रै बढुवा गरेको छ । लामा जेठ ८ बाट ५६ वर्षे उमेर हदका कारण अनिवार्य अबकाशमा जाँदै छन् ।

वैशाख २१ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितीले डिआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसलाई मन्त्रिपरिषद्ले सदर गरेको छ । सशस्त्रमा एआईजीको दुईवटा पद खाली भएपनि समितिले पौडेललाई मात्रै सिफारिस गरेको थियो ।

सशस्त्रमा वैशाख १९ बाट अर्को एउटा एआईजीको पद रिक्त छ । एआईजी बढुवाको प्रतिस्पर्धामा पौडेलसँगै सिपी गौतम, वंशीराज दाहाल र किशोर प्रधान थिए । एआईजीमा बढुवा भएसँगै पौडेल वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको कार्यकालपछि करिब २ वर्ष आईजीपी हुन्छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...