नवनियुक्त आईजीपीद्वयले लगाए दज्र्यानी चिह्न

Igp

काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दज्र्यानी चिह्न लगाएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीद्वयलाई दज्र्यानी चिह्न लगाइदिएका हुन् । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

 

 

 सिंह २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका थिए । अर्याल २०५४ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन् । आईजीपीको रूपमा अर्यालको कार्यकाल ४ वर्षको हुनेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...