एमाले स्थायी कमिटी बैठकमा रामबहादुर थापा अनुपस्थित ! यस्तो छ कारण

Ram bdr thapa

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । यद्यपि सो बैठकमा माओवादीबाट एमाले प्रवेश गरेका केही नेताहरु भने अनुपस्थित रहेका छन् ।

ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक सुरु भएको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जनाकारी दिए । बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने तामाङले जानकारी दिए ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा जारी बैठकमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा, टोपबहादुर रायमाझीसहित ओली समूहमै रहेका पृथ्वीसुब्बा गुरूङ र किरण गुरूङ अनुपस्थित छन् ।

उनीहरु पार्टीकै कामको शिलशिलामा व्यस्त भएकाले उपस्थित नभएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमाले स्थायी कमिटी बैठक शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको भएपनि प्रतिनिधि सभा बैठक जारी रहेपछि स्थगित गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...