पछिल्लो २४ घन्टामा देशभर ५ सय ७० जनामा कोरोना संक्रमण

कुन जिल्लामा कति थपिए ? सुचीसहित

Corona test logo

काठमाडौं । दसैँका कारण पिसिआर परीक्षणमा कमी आएसँगै दैनिक कोरोना संक्रमितको संख्यामा पनि कमी आएको छ । सोमबारभन्दा मंगलबार संक्रमितको संख्यामा कमी आएको छ ।

पछिल्लो २४ घन्टामा जम्मा ५ सय ७० जनामा कोरोना संक्रमण भएको । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा संक्रमितमध्ये १ लाख १८ हजार ८ सय ४३ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या ८ सय ७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २५२ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका २२५ जना, ललितपुरका २३ र भक्तपुरका ४ जना छन् ।

रुपन्देहीका ७९, नवलपुर र दाङका ५५/५५ जना, सुनसरीका २८, बाँकेका १४, धनुषा र काभ्रेका ११/११, नवलपरासीका ७, म्याग्दी र बाग्लुङका ५/५ जना, मोरङ र कपिलवस्तुका ४/४ जना, धादिङ र गुल्मीका ३/३ जना तथा रौतहट, रामेछाप, सिन्धुपाल्चोक, स्याङ्जा, अर्घाखाँची र बर्दियाका २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै उदयपुर, पाँचथर, भोजपुर, बारा, सिराहा, चितवन, दोलखा, नुवाकोट, गोरखा र प्युठानका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तो छ विवरण

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...