दशैं सकिएलगत्तै कोरोना संक्रमणले भयावह रुप लिनसक्ने विशेषज्ञहरुले चेतावनी

दैनिक १० हजार संक्रमण देखिने अनुमान

Coron test kit

काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैंका कारण अधिकांस सरकारी कार्यालयहरु बन्द छन् । इमर्जेन्सीबाहेक अस्पतालहरु पनि बन्द छन् । अहिले ल्याबहरु पनि बन्द छन् । ल्याबहरु बन्द हुँद्या पनि सोमबार नेपालमा १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भयो ।

सरसर्ती हेर्दा यो संख्या निक्कै कम हो । तर, दशैंको विदाको बेला र ल्याबहरु समेत बन्द भएका बेला पनि यतिका संख्यामा संक्रमितहरु भेटिनुलाई विशेषज्ञहरुले चिनता व्यक्त गरेका छन् । यतिसम्मकी उनीहरुले दसैँ सकिएसँगै कोरोना भाइरसको संक्रमण भयावह हुनसक्ने विशेषज्ञहरुले चेतावनी दिएका छन् ।

दशैं शुरु हुनुभन्दा केही अघिसम्म नेपालमा संक्रमितको वृद्धिदर उच्च थियो । अर्थात् कात्तिक ५ गते सर्वाधिक ५ हजार ७ सय ४३ जना संक्रमित फेला परेका थिए । जुन तथ्यांक हेर्दा नेपालमा कोरोना संक्रमितको बृद्धि उच्च रहेको र नेपाल कोरोना संक्रमणको उच्च जोखिममा रहेको देखाएको थियो ।

दशैं शुरु भएयता विस्तारै संक्रमितको संख्या कम हुँदै गएको देखिएको जस्तो भएको छ । यसरी कम संक्रमित देखिनुको एएटै मात्र कारण भनेको परीक्षण कम हुनु हो । दशैंका कारण पिसिआर परीक्षण रोकिएकाले संक्रमण कम भएको छ । यद्यपि परीक्षण बन्द हुँदा पनि यत्तिका धेरै संक्रमण देखिनु भनेको नेपाल कोरोना संक्रमणको उच्च जोखिममा छ भन्ने हो ।

बुधबारसम्म अधिकांस ल्याबहरु बन्द छन् । दशैंका बेला आफू भन्दा ठूला मान्यजनको आर्शिवाद लिने क्रममा धेरैले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरेको र संक्रमणमा भएका व्यक्ति ओहोर दोहोर धेरै गरेकाले अबको १५ दिन कोरोना संक्रमणको अवस्था भयावह हुनसक्ने विशेषज्ञहरुले चेतावनी दिएका छन् ।

अब लक्षण सहितका संक्रमितको संख्या पनि बढ्न सक्ने अनुमान गरिएको छ । महामारी रोग विशेषज्ञ डा. अनुप सुवेदी अबका दुई तीन दिन कोरोना संक्रमण कम देखिए पनि त्यसपछि अवस्था भयावह हुनसक्ने बताउँछन् । दैनिक १० हजारसम्म संक्रमित देखिनसक्ने उनको अनुमान छ ।

नेपालमा जाडो मौसम सुरु हुन थालेको र मानिसको सर्वाधिक आवतजावत भएकाले अबका केहीदिन संक्रमणको जोखिम पनि उच्च हुने सुवेदीको अनुमान छ । त्यसैले अबका केहीदिन पिसिआर परीक्षण व्यापक गर्नुपर्ने र नागरिकले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्नेमा उनले सुझाव दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...