हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि

Manoj gajurel

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या बढिरहेका बेला हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामान्य लक्षण देखिएपछि आइतबार बिहान स्वाब दिएका गजुरेलको सोमबार पोजिटिभ रिपोर्ट आएको हो । बिहीबारपछि टाउको दुख्यो, शुक्रबार ९८ डिग्रीसम्म ज्वरो देखियो र शनिबार ढाड दुखेपछि गजुरेलले पीसीआरका लागि स्वाब दिएका थिए ।

कोरोना पुष्टि भएपछि सेल्फ आइसोलेसनमा रहेको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत् गजुरेलले दिएका छन् । गजुरेलले सचेत हुन सबैलाई आग्रह गरेका छन् ।

उनले नआत्तिन र चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बस्न पनि भनेका छन् । उनले आफू जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितको सुझाव अनुसार उपचार गराइरहेको बताएका छन् ।

‘बिहिबारदेखि नै आइसोलेसनमा छु । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनको कडा पालना सहित घरेलु उपचारमा छौँ’, गजुरेलले फेसबुकमा लेखेका छन्, ‘मलाई अहिले गार्हो हुने खालका लक्षण छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।’

मलाई विश्वास छ, मेरो शरीरमा प्रवेश गरेको यो भाइरस मेरो शारीरिक, मानसिक र आध्यात्मिक ऊर्जा भन्दा बलियो पक्कै छैन’, उनले फेसबुकमा भनेका छन्, ‘त्यसैले मैले यो भाइरसलाई मेरो शक्तिशाली ईम्युन सिस्टममा स्वागत गरिसकेको छु । तपाईंहरुको शुभकामनाले त मेरो शरीरको जीत र भाइरसको हार झन् चाँडो हुनेछ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...