पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९४ जना कोरोना संक्रमण पुष्टि

Kathamandu vally corona

काठमाडौं । काठमाडौं उपत्यकाभित्र दशैंका दिन पनि कोरोना भाइरस संक्रमितको संख्या निरन्तर बढेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९४ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ७३, ललितपुरमा १ सय ४६ र भक्तपुरमा ७६ जना कोरोना संक्रमित भेटिएका छन् ।

हाल काठमाडौं जिल्लामा सक्रिय संक्रमित १८ हजार ३ सय ७४, ललितपुरमा २ हजार ५ सय २० र भक्तपुरमा १ हजार ५ सय २० जना रहेका छन् । काठमाडौंमा १० हजार ५ सय १ जना, ललितपुरमा २ हजार ४ सय ९५ जना र भक्तपुरमा १ हजार ७ सय १९ जना होम क्वारेन्टिनमा बसेका छन् ।

पछिल्लो २४ घन्टामा दशेभर १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण भएको छ ।

देशभर संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको छ । संक्रमितमध्ये १ लाख १५ हजार ६ सय ७५ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १५ जनाको ज्यान गएको छ । देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ६२ पुगेको छ ।

प्रतिकृया दिनुहोस