कोरोना संक्रमणबाट धरानमा थप २ जनाको मृत्यु

Corona death all use

धरान । कोरोना संक्रमणबाट धरानमा थप दुई जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा धरान र मोरङका गरी दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धरान उपहानगगरपालिका–१६ की ८३ वर्षीया वृद्धा महिला छिन् भने अर्का मोरङको पथरी शनिश्चरे–३ का ६३ वर्षीय वृद्ध पुरुष छन् । उच्च रक्तचापका दीर्घरोगी धरान–१६ की वृद्धाको सोमबार बिहान ३ बजेर ५ मिनेटमा मृत्यु भएको हो । उनलाई गत मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी मोरङ को पथरी शनिश्चरेका वृद्धलाई कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मधुमेहका दीर्घरोगी वृद्धलाई कात्तिक ४ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । दुवै मृतकको शव नियमअनुसार व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...