काठमाडौं उपत्यकाभित्र घट्यो कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा १५३५ जनामा संक्रमण पुष्टि

Ktm vally

काठमाडौं । दसैँका कारण पिसिआर परीक्षण कम भएसँगै कोरोना संक्रमितको संख्या काठमाडौं उपत्यकाभित्र पनि घट्न थालेको देखिएको छ । उपत्यकामा पछिल्लो २४ घन्टामा १ हजार ५ सय ३५ जनामा कोरोना संक्रमण भएको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा १ हजार २ सय २५ जना, भक्तपुरमा १ सय ६३ जना र ललितपुरमा १ सय ४७ जनासहित उपत्यकामा १ हजार ५ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

यो शनिबारको तुतनामा भने धेरै हो । शनिबार काठमाडौं उपत्यकामा १ हजार १ सय १० जनामा कोरोना संक्रमण भएको थियो । जसमा काठमाडौं जिल्लामा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ गरी शनिबार काठमाडौं उपत्यकामा १११० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

दशैंका कारण कम परिक्षण गरिए पनि पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अन्य समयको तुलनामा भने धेरै हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ८ सय ५६ जनासहित देशभर कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।

संक्रमितमध्ये १ लाख ११ हजार ६ सय ७० जना कोरोना मुक्त भएका छन् भने कोरोनाबाट अहिलेसम्म ८ सय ४७ जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...