विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड नाघ्यो, संक्रमित बढ्ने क्रम जारी

Corona spain

काठमाडौं । पछिल्लो समयमा विश्वभर कोरोना संक्रमितको संख्या बढेको बढ्यै छ । विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ५२ हजार ४ सय ६२ जनामा संक्रमण भएसँगै संक्रमित संख्या ४ करोड २९ लाख २३ हजार ९ सय ४२ पुगेको छ । त्यसमध्ये ७७ हजार १ सय ९५ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ४० हजार ५ सय ५७ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड १६ लाख ६५ हजार ७ सय ५ पुगेको छ ।

एकै दिन थप ५ हजार ५ सय ९२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ५४ हजार ७ सय ३६ पुगेको छ ।सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८८ लाख २७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७८ लाख ६३ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५३ लाख ८१ हजार पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४९ हजार १ सय १३ जनाको मृत्यु भएको छ । ८१ लाख ९४ हजार ३ सय १९ जना संक्रमित भएकोमा ३४ लाख २६ हजार ७ सय ४६ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...