पूर्वमन्त्री जनार्दन शर्मा दम्पतिलाई कोरोना संक्रमण

Janardan sharma

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता जनार्दन शर्मा ‘प्रभाकर’ र उनकी पत्नी लक्ष्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पूर्व गृहमन्त्रीसमेत रहेका प्रभाकर होम आइसोलेसनमा छन् ।

शनिबार गरिएको परीक्षणमा शर्मा दम्पतीमा कोरोना संक्रमण देखिएको हो । उनमा हल्का ज्वरो आएपछि शंका लागेर स्वाब परीक्षण गरिएको थियो ।

आइतबार बिहान फेसबुकमा स्टाटस राख्दै प्रभाकरले आफूलाई संक्रमण भएको जानकारी दिएका छन् । केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन प्रभाकरले अनुरोध गरेका छन् ।

प्रभाकरका भाइ एवम् नेकपाका युवा नेता अनिल शर्मालाई पनि कोरोना संक्रमण देखिएको छ । उनी पनि होम आइसोलेसनमा बस्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...