पछिल्लो २४ घण्टामा काठमाडौंसहित १३ जनाको मृत्यु

Coronavirus death body

काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको सरदर संख्या बढेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारणबाट १३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज वेभसाइटमार्फत् दिएको अद्यावधिक विवरणअनुसार नेपालमा हालसम्म कूल ८ सय ४२ जनाले कोभिड–१९ का कारण ज्यान गुमाइसकेका छन् ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार १ सय १० जनामा कोरोना संक्रमण भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ । शनिबार थप २ हजार २ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं जिल्लामा ८ सय ३२, ललितपुरमा १ सय ७६ र भक्तपुरमा १ सय २ गरी शनिबार काठमाडौं उपत्यकामा १ हजार १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार २ सय २५ जनासहित देशभर संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ जना पुगेको छ । संक्रमितमध्ये १ लाख ८ हजार ३ सय ३४ जना कोरोना मुक्त भएका छन् भने कोरोना संक्रमणले ८ सय ४२ जनाको ज्यान गएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ भने पछिल्लो २४ घन्टामा १३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...